प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइन्छ : स्वास्थ्यमन्त्री « Khabarhub

प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइन्छ : स्वास्थ्यमन्त्री


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

डिजिटल हेल्थ दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मन्त्री बस्नेतले ‘डिजिटल हेल्थ’ माध्यमबाट स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ गते ‘ई–हेल्थ’ मार्गचित्र कार्यान्वयनमा ल्याएको थियो । सोही दिनदेखि मन्त्रालयले हरेक वर्ष साउन ४ गते डिजिटल हेल्थ दिवस मनाउँदै आएको छ ।

मन्त्री बस्नेतले सन्देशमार्फत ई–हेल्थ रणनीति २०७४ र सोको कार्यान्वयनका लाग तयार गरिएको मार्गचित्र तयार गर्नेलाई समेत धन्यवाद दिएका छन् ।

स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि विश्व स्वास्थ्य सङ्गठनको ‘ई–हेल्थ’को अवधारणालाई मन्त्रालयले अवलम्बन गर्दै विस्तारित रुप ‘डिजिटल हेल्थ’को कार्यान्वयनको चरणमा पुगेको हो ।

स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिँदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने उनको विश्वास छ ।

बञ्चितिकरणमा परेका र दुर्गम क्षेत्रका बासिन्दालाई पहिलो प्राथमिककतामा परे पनि सेवाबाट बञ्चित हुनसक्ने र प्रविधिको दुरुपयोग रोक्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ ।

उनले स्वास्थ्य सूचनाको गोपनीयता र सुरक्षा सुनिश्चित गरी डिजिटल सेवाप्रति जनताको विश्वास अभिवृद्धि गर्नु भविष्यको चुनौती रहेको धारणा राखे ।

सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा सामेल हुनु विकल्परहित भएको अवस्थामा जनशक्तिको क्षमता विकास गरी स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको उनको भनाइ छ ।

मन्त्रालयले डिटिजल हेल्थको कार्यान्वयन बहुपक्षीय सहकार्य र प्रयासबाट मात्र सम्भव हुने भएकाले यसको नियमन, विकास र विस्तारमा सूचना प्रविधिको क्षेत्रमा कार्य गर्ने सरकारी निकाय, साझेदार संस्था, विज्ञ समुदाय, शैक्षिक संस्था र पत्रकारिता क्षेत्रसँग सहकार्य गर्न आह्वान समेत गरेको छ ।

सन् २०२१ को सूचना जनगणनाका अनुसार झण्डै ७३ प्रतिशत घरपरिवारमा कम्तीमा एउटा स्मार्ट मोबाइल फोन, आधाजसो परिवारमा टेलिभिजन रहेको र ३८ प्रतिशत परिवारमा इन्टरनेटमा पहुँँच छ । यस्तै, ५५ प्रतिशत स्वास्थ्य संस्थामा इन्टरनेट सहितको कम्प्युटर रहेको तथ्यले स्वास्थ्य क्षेत्रमा सूचना तथा प्रविधिको प्रयोग बढिरहेको देखिएको मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण, टेलिमेडिसिन र डिजिटल प्रविधियुक्त अन्य स्वास्थ्य सेवा, आम सञ्चार र स्वास्थ्य शिक्षा, आपतकालीन स्वास्थ्य, मानव स्रोत व्यवस्थापन, स्वास्थ्य बीमा जस्ता क्षेत्रहरुलाई प्रारम्भिक रुपमा कार्य सूची बनाई क्रमश सूचना प्रविधिको दायरा बढाउन मन्त्री बस्नेतले आग्रह गरे ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  १२ : ४४ बजे

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना