अपाङ्गता भएकालाई ‘ह्वील चियर’ सहयोग | Khabarhub Khabarhub

अपाङ्गता भएकालाई ‘ह्वील चियर’ सहयोग


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

डुम्रे– तनहुँको व्यास नगरपालिका–१ भादगाउँका अपाङ्गता भएकी ७० वर्षीया मिठु विकलाई ‘ह्वील चियर’ प्राप्त गरेका छन् । यसले हिँड्डुलमा सहायता पुगेको उनले बताए। व्यास नगर उपप्रमुख इन्दिरा दरैले विकलाई ह्वील चियर प्रदान गरेका थिए। ‘हामीले पनि स्थानीय सरकार भएको महसुस गर्न पायौँ, हामी जस्ता हिँड्डुल गर्न नै सकस भएका मान्छेलाई सजिलो बनाएको छ’ विकले भने ।

उनी जस्तै अपांगता भएका सोही ठाउँका ५२ वर्षीय कृष्णबहादुर रानाभाटले ह्वील चियर नहुँदा हातले टेकेर हिँड्नुपरेको थियो । ह्वील चियर पाएपछि सहज भएको उनले बताए। ‘अपाङ्गता भएका संस्थाले मात्रै सहकार्य गरी पठाउने गरेकामा अहिले नगर उपप्रमुख घरमै आएर ह्वील चियर दिँदा असाध्यै खुसी लाग्यो, हाम्रो दुख बुझिदिनुभयो, यही नै हाम्रो खुसी हो’, उनले भने ।

नगरपालिकाले हिँड्डुलमा सहज र सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरेको हो । उपप्रमुख दरैले शारीरिक रूपमा अपांगता भएका व्यक्तिलाई हिँडडुल गर्न असहज भएकाले ह्विल चियर प्रदान गरिएको बताए । ‘अपांगता भएका व्यक्तिलाई नगरपालिकाले सहयोग गर्दै आइरहेको छ, अपांगता भएका व्यक्तिलाई सहज रुपमा बाँच्न नगरपालिकाले अपाङ्गमैत्री वातावरण सिर्जना गर्दै आइरहेको छ’, उनले भने।  नगरपालिकाले अपाङ्गता भएका व्यक्ति आवद्ध सङ्घ संस्थासँग समन्वय गरी विभिन्न सामग्री खरिद तथा वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ३ : ०७ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज