सरकारले समर्थन गरेको मूल्यमा धान बिक्री नहुँदा किसान दुविधामा « Khabarhub

सरकारले समर्थन गरेको मूल्यमा धान बिक्री नहुँदा किसान दुविधामा


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– सरकारले धानको सर्मथन मूल्य तोके पनि बारा जिल्लामा भने धान खरिदकर्ता र किसानहरू दुविधामा परेका छन ।

सरकारले धान खरिदकर्ता सहकारी र व्यापारीहरूलाई अनुदान नदिएसम्म समर्थन मूल्यमा धान किन्न नसकिने बारा जिल्लाका धान खरिदकर्ताहरूले बताएका छन ।

हालैमात्र सरकारले मोटा प्रजातिका दानहरू, बिजी, राधा ४, सारो, सोनाको खरिद समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ तोकेको छ यो गत वर्षको तुलनामा ३ सय ३० रुपैयाँले बढी हो । स्थानीय बजारमा मोटा प्रजातिका धानको मूल्य २८ सयदेखि २९ सय प्रतिक्विन्टल रहेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्री लाल सहनीले जानकारी दिए ।

यस्तै मध्यम प्रजातिका धानहरुमा सोना मनसुली, सावित्री लगायत धानको खरिद मूल्य ३ हजार ३६२ रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २ सय ३४ रुपैयाँ बढी हो । सरकारको मातहतको खाद्य संस्थानले पहुँचवाला र आफ्नो अनुकुल अनुसार समर्थन मूल्यमा धान खरिद गर्ने डुमरवानाका किसान माधव पाण्डेको आरोप छ । 

सरकारमा कर्मचारीतन्त्र हाबी भएकाले साना किसानलाई त धानको समर्थन मूल्य तोकेकोमा ‘कागलाई बेल पाक्यो हर्ष न बडाई’ भने जस्तो भएको उनको भनाई छ । 

गत वर्ष बाराका किसानले सरकारी मूल्य पाउने आशामा खाद्य संस्थान वीरगञ्जमा बेच्न लगेको धान विभिन्न कारण देखाएर संस्थानले खरिद गर्न नकिने बताए पछि व्यापारीको मूल्यमा बेच्न बाध्य भएको किसान मनहर्वाका प्रदिप मगरले गुनासो गरे । 

यता तराईको धानको मूल्य भने सरकारले तोके जस्तो नहुने र भारतको मूल्यमा निर्भर हुने भएकाले समर्थन मूल्यमा सरकारले नै खरिद गर्नुपर्ने संघका अध्यक्ष मिश्रीलाल सहनी बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ७ : ०८ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली