नेपाल र चीनबीच कृषिसँग सम्बन्धित सीप आदान-प्रदान गर्ने समझदारी « Khabarhub

नेपाल र चीनबीच कृषिसँग सम्बन्धित सीप आदान-प्रदान गर्ने समझदारी


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र चीनबीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सीपको आदान–प्रदान गर्ने समझदारी भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडेमी अफ एग्रिकल्चर साइन्स (सास)का बीचमा बिहीबार सहमति भएको हो ।

नार्कका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा लेओ योङहङबीच प्रविधि विकास र सीप आदान-प्रदान गर्न समझदारी भएको हो । दुई देशका कृषक एवं कृषिको विकासका लागि विकास गरिएका प्रविधि प्रदर्शन, स्थानान्तरण तथा प्रवर्द्धन गरिने छ ।

यही सम्बन्धमा खुमलटारस्थित नार्कको केन्द्रीय कार्यालयमा नार्क र सासको उच्चस्तरीय प्रतिनिधिमण्डलका बीचमा भेटघाट एवं छलफल भएको नार्कका कार्यकारी निर्देशक डा भट्टराईले जानकारी दिए। ‘एकअर्काको अनुसन्धानका बारेमा बुझ्दै कृषि क्षेत्रको विकासबारे छलफल गरेर गुणस्तरीय उत्पादन बढाउँदै जाने विषयमा समझदारी भएको छ’, उनले भने ।

सोही क्रममा सासका उपाध्यक्ष डा लेओले नेपाली अनुसन्धानकर्ता र प्राविधिकलाई उच्चस्तरीय कृषि प्रविधि सम्बन्धी तालिम प्रदान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली अनुसन्धानकर्तालाई चाँडै नै चीन लगेर मकै र सखरखण्डको उत्पादनका साथै प्रविधिको बारेमा तालिम दिइने उनले बताए। सासका उपाध्यक्ष डा लेओको नेतृत्वमा टोली तीनदिने नेपाल भ्रमणमा आएको छ ।     

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १० : ३५ बजे

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।  बैठक आज

बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको

सुरुङमा फसेकाको उद्धारका लागि विदेशी उपकरण ल्याउन कुलमानको सुझाव

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर

जापानको ब्याजदर बढ्ने अनुमानका बीच येन बलियो बन्दै

टोकियो– विश्वव्यापी वित्तीय बजारमा जापानी येनको मूल्यमा उल्लेख्य सुधार देखिएको

स्याउखेतीमा कर्म गुरुङको छलाङ

मुस्ताङ– व्यावसायिक स्याउखेती गरिरहेका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमुना