आगजनी गरेको आशङ्कामा १० जना पक्राउ « Khabarhub

आगजनी गरेको आशङ्कामा १० जना पक्राउ


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा भएका आगजनीमा संलग्न भएको आशङ्कामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार आगजनीमा संलग्न भएको आशङ्कामा उनीहरूलाई नियन्त्रण लिइ अनुसन्धान सुरु गरिएको हो । प्रहरीले पक्राउ परेकाको नाम भने सार्वजनिक गरेको छैन ।

गए राति अन्दाजी साढे २ बजेतिर गुठीचौरमा छ वटा घर, एक ट्याक्टर र चन्दननाथ नगरपालिकामा एक घरमा अज्ञात समूहले आगजनी गरेको थियो । गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार गएराति धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक, माथिल्लो देहारजिबुरमा एक र खल्ला वडामा दुई गरी सात घरमा आगजनी भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : २० बजे

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ