ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेत आबुधाबी प्रस्थान  « Khabarhub

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेत आबुधाबी प्रस्थान 


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आबुधाबी प्रस्थान गरेका छन् ।

मन्त्री बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । सो बैठक बैठक यही साउन ८ देखि १० गतेसम्म अबुधाबीमा आयोजना हुँदैछ । आईएसएका सदस्य राष्ट्रहरू, एसिया प्रशान्त क्षेत्रका देशमध्ये सम्भाव्य सदस्य राष्ट्रहरू, साझेदार संगठनहरुको बैठकमा सहभागिता रहनेछ ।

भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)सँग सम्बन्धित करार सम्झौताबाट सदस्य राष्ट्रलाई सौर्य ऊर्जा प्रविधिहरू प्रयोग गरी ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्ने र जलवायु परिवर्तनको असर कम गर्न सहयोग प्राप्त हुनेछ । 

नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रको लगानी एवं आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न सो गठबन्धनबाट मद्दत पुग्ने बताइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १२ : २५ बजे

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट