भैँसे-भीमफेदी सडकखण्डमा यातायात सञ्चालन  « Khabarhub

भैँसे-भीमफेदी सडकखण्डमा यातायात सञ्चालन 


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौँ जोड्ने भैँसे-भीमफेदी सडकखण्डमा आज अपराह्न गएको पहिरो पन्छाई यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।

उक्त सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–३ मा आज अपराह्न खसेको पहिरो पन्छाई केहीबेर अघिदेखि यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन्।

उनका अनुसार पहिरो जाँदा भीमफेदी हुँदै काठमाडौँ, सिस्नेरी, फाखेललगायत भीमफेदीको विभिन्न स्थानमा जाने र ती सडकखण्ड हुँदै हेटौँडातर्फ आउने यातायात अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ६ : ४७ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका