ब‌गलादेशमा बंगलादेशी र चिनियाँ कामदारबीच झडप हुँदा १५ जना घाइते « Khabarhub

ब‌गलादेशमा बंगलादेशी र चिनियाँ कामदारबीच झडप हुँदा १५ जना घाइते


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा रहेको एक निर्माणाधीन ऊर्जा केन्द्रमा बंगलादेशी र चिनियाँ कामदारबीच झडप हुँदा १५ जना घाइते भएका छन् । बंगलादेशको पटुवाखली जिल्लाको धनखली क्षेत्रमा निर्माणाधीन ऊर्जा केन्द्रमा चिनियाँ र बंगलादेशी कामदारबीच झडप भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

ज्यालाका विषयलाई लिएर दुई पक्षबीच उत्पन्न विवाद झडपमा परिणत भएको जनाइएको छ । झडपका क्रममा ऊर्जा केन्द्रका सवारी साधन र कार्यालयमा तोडफोडसमेत भएको थियो ।

उक्त निर्माणाधीन ऊर्जा केन्द्रले कोइलाबाट १३२० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । झडपका क्रममा चार जना बंगलादेशी कामदार गम्भीर घाइते भएको बंगलादेशको राजधानी ढाकाबाट प्रकाशित हुने न्यू एज अखबारले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : १९ बजे

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सरकार धार्मिक

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा