कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

यही साउन २ गते सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।

आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ । केन्द्रीय समिति बैठकमा विभिन्न १० वटा एजेन्डामा केन्द्रित रहेर सदस्यहरूले धारणा राखेका छन् । 

आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले  केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्।

बैठकमा बोल्ने सदस्यहरूले नेतृत्वको सुस्तताप्रति आलोचना गरेका छन् । कतिपयले महामन्त्रीद्वय थापा र शर्माको आलोचना गरेका छन् भने कतिपयले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति टिप्पणी गरेका छन् । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : १९ बजे

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही