बारामा ६० प्रतिशत रोपाइँ सम्पन्न | Khabarhub Khabarhub

बारामा ६० प्रतिशत रोपाइँ सम्पन्न


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कलैया– बारामा बर्खे धान ६० प्रतिशत मात्र रोपाइँ भएको छ । लामो समयसम्म पानी नपरेपछि यहाँका किसानले भूमिगत सिँचाइको माध्यमबाट रोपाइँ गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आकाशे पानी नपरेपछि किसानले भूमिगत सिँचाइको माध्यमबाट ६० प्रतिशत रोपाइँ गरेका केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। उनका अनुसार यस वर्ष कृषकले बर्खे धान ‘भदैया’ १० हजार नौ सय पाँच हेक्टर, ‘अगहनी’ ३४ हजार एक सय १५ हेक्टर गरी कुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिएकामा हालसम्म तीन हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।

जिल्लाको उत्तरी भागमा प्रायः रोपाइँ भइसकेको छ भने दक्षिण भेगमा रोपाइँ हुन बाकी रहेको यादवले बताएका छन्। उनका अनुसार पानी नपरे पनि किसानले भूमिगत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । अन्य भागमा पनि पानी नहुँदा रोपाइँमा समस्या भइरहेको केन्द्रले जनाएको छ । 

गत वर्ष किसानले बर्खे अगहनी धान ३४ हजार सय १५ र भदैया ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गरिएको केन्द्रका बाली अधिकृत गेनालाल प्रसादले जानकारी दिए।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १ : २० बजे

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ ।

गाजामा भोकभोकै मर्नथाले सर्वसाधारण : राहतका लागि संयुक्त दबाब

काठमाडौं – सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन ८ गते बिहीबार। साउन

आज २०८२ साल साउन ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ८ गते बिहीबार। साउन