बारामा ६० प्रतिशत रोपाइँ सम्पन्न « Khabarhub

बारामा ६० प्रतिशत रोपाइँ सम्पन्न


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कलैया– बारामा बर्खे धान ६० प्रतिशत मात्र रोपाइँ भएको छ । लामो समयसम्म पानी नपरेपछि यहाँका किसानले भूमिगत सिँचाइको माध्यमबाट रोपाइँ गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आकाशे पानी नपरेपछि किसानले भूमिगत सिँचाइको माध्यमबाट ६० प्रतिशत रोपाइँ गरेका केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। उनका अनुसार यस वर्ष कृषकले बर्खे धान ‘भदैया’ १० हजार नौ सय पाँच हेक्टर, ‘अगहनी’ ३४ हजार एक सय १५ हेक्टर गरी कुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिएकामा हालसम्म तीन हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।

जिल्लाको उत्तरी भागमा प्रायः रोपाइँ भइसकेको छ भने दक्षिण भेगमा रोपाइँ हुन बाकी रहेको यादवले बताएका छन्। उनका अनुसार पानी नपरे पनि किसानले भूमिगत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । अन्य भागमा पनि पानी नहुँदा रोपाइँमा समस्या भइरहेको केन्द्रले जनाएको छ । 

गत वर्ष किसानले बर्खे अगहनी धान ३४ हजार सय १५ र भदैया ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गरिएको केन्द्रका बाली अधिकृत गेनालाल प्रसादले जानकारी दिए।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १ : २० बजे

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं– भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको  छ ।

कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपाको विधान संशोधन कार्यदल गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकले