साइकलसम्बन्धी नीति, कानून र पूर्वाधार बनाइदिन साइकल सोसाइटीको माग | Khabarhub Khabarhub

साइकलसम्बन्धी नीति, कानून र पूर्वाधार बनाइदिन साइकल सोसाइटीको माग


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल साइकल सोसाइटीले साइकलयात्रीले दैनिकजसो सडकमा अपमानित हुनुपरेको, चोटपटकदेखि ज्यानै गुमाउनु पर्ने अवस्था आएको भन्दै साइकलसम्बन्धी नीति, कानून र पूर्वाधार बनाइदिन सरकारसँग माग गरेको छ ।

सोसाइटीका अध्यक्ष रत्न राम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा नेपालजस्तो देशमा साइकलयात्रीहरु सडक र राजमार्गको किनारामा धकेलिएको, यातायात नीति तथा सडक निर्माणमा साइकलयात्रीको सुरक्षा र सडक अधिकार पूरै वहिष्करणमा परेको साथै सवारी तथा यातायात ऐनमा साइकललाई ठाउँ नदिएको उल्लेख छ ।

गत फागुन २२ गते विराटनगर इक्राही चौकमा ट्याक्टरले हानेर २८ बर्षीय राधादेवी राजवंशी मारिएको, त्यसअघि २०७९ असार २४ गते विराटनगरकै रोडशेषस्थित कोशी राजमार्गमा भारतीय ट्रकले हानेर सनेन्दर राय मारिएको, २०७८ कार्तिक १७ गते रंगेली–विराटनगर सडकखण्डमा बसको ठक्करले साइकलयात्री उमेश पासवान र रेखा पासवान दम्पत्ती मारिएकोजस्ता घटनाले सडक प्रयोगकर्ताको रुपमा साइकलयात्रीहरु सबैभन्दा कमजोर र असुरक्षित बनेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी हाले विराटनगरमा भएको घटनामा श्रमिक तथा साइकलयात्री पवन शाहलाई मुक्का हानेर बेहोस र रगताम्य बनाई घिसारेर सडक छेउमा छाडेको अमानविय दृष्यका कारण ध्यानाकर्षण भएको सोसाइटीको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा साइकलयात्रीमाथि हुने यस्ता घटनाका दोषीलाई कारवाहीको माग गर्दै सोसाइटीले यस्ता घटना कम गर्न साइकलसम्बन्धी नीती, कानून र पुर्वाधार बनाउन सरकारसमक्ष माग गरेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : १८ बजे

दुर्गा प्रसाईँ जंगी अड्डामा छिरेकोप्रति केही जेनजीको आपत्ति 

काठमाडौं– जंगी अड्डा भद्रकालीमा दुर्गा प्रसाईँ छिरेकोप्रति जेनजी युवाले आपत्ति

गभर्नर पौडलको भावुक स्टाटस : विदेशमा काम गरेर बनाएको घर जलेपछि हामी शरणार्थी भयौँ

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलले सामाजिक सञ्जाल

राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले

संविधानअनुसार जेन–जीको सरकार बनोस्, हामी पछाडि बस्न तयार छौँ : गगन थापा

काठमाडौं– मुलुकमा विकसित पछिल्लो घटनाक्रमपछि नेपाली सेनाको सहजीकरणमा नयाँ सरकार

काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं– काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।