विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खडा गरी ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खडा गरी ठगी गर्ने दुई जना पक्राउ


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खडा गरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अरु तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै बूढानीलकण्ठमा घर भाडामा लिई खाद्य कार्यक्रमको कार्यालय खोलेको र बोलपत्र आह्वान गरेर ठगी गर्नेलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मेलम्ची घर भई गोकर्णेश्वर बस्ने जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर घर भई बूढानीलकण्ठ बस्ने दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् । त्यस्तै दिपेश गुरुङ भन्ने भीम भोलोन, आकाश राई भन्ने मिलन तामाङ र पेम्बा तामाङ नाम बताउने व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले गत जेष्ठ १ गते विश्व खाद्य कार्यक्रमको कार्यालय खोली फर्निचरलगायत कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न समान तथा खाद्य सामग्रीहरु खरिद गर्न बोलपत्र आह्वान गरी, बोलपत्र स्वीकृत समेत गरी विभिन्न सामानहरु ल्याई रकम भुक्तान नगरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट दुई लाख रुपैयाँ, नेपालको राष्ट्रिय झण्डाहरु, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छापलगायतका सामान बरामद भएको र थप अनुसन्धान भइरहेको काकीले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : २७ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी