विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खडा गरी ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खडा गरी ठगी गर्ने दुई जना पक्राउ


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खडा गरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अरु तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै बूढानीलकण्ठमा घर भाडामा लिई खाद्य कार्यक्रमको कार्यालय खोलेको र बोलपत्र आह्वान गरेर ठगी गर्नेलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मेलम्ची घर भई गोकर्णेश्वर बस्ने जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर घर भई बूढानीलकण्ठ बस्ने दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् । त्यस्तै दिपेश गुरुङ भन्ने भीम भोलोन, आकाश राई भन्ने मिलन तामाङ र पेम्बा तामाङ नाम बताउने व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले गत जेष्ठ १ गते विश्व खाद्य कार्यक्रमको कार्यालय खोली फर्निचरलगायत कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न समान तथा खाद्य सामग्रीहरु खरिद गर्न बोलपत्र आह्वान गरी, बोलपत्र स्वीकृत समेत गरी विभिन्न सामानहरु ल्याई रकम भुक्तान नगरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट दुई लाख रुपैयाँ, नेपालको राष्ट्रिय झण्डाहरु, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छापलगायतका सामान बरामद भएको र थप अनुसन्धान भइरहेको काकीले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : २७ बजे

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं– भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको  छ ।

कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपाको विधान संशोधन कार्यदल गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकले