पार्टीभित्र विचार समूह हुन्छन्, त्यसलाई नकार्न सकिँदैन : उपसभापति खड्का « Khabarhub

पार्टीभित्र विचार समूह हुन्छन्, त्यसलाई नकार्न सकिँदैन : उपसभापति खड्का


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र विचार समूह हुने भएकाले त्यसलाई नकार्न नसकिने बताए ।

यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नको प्रश्न जवाफ दिँदै आज उनले पार्टीमा फरक मत राख्ने अधिकार विधानमा भएको जानकारी गराउँदै उनले पार्टीले गरेको निर्णय गरिसकेपछि भने सबैले मान्नुपर्ने बताए।

सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुसँग सल्लाह गरेर नै बैठक फेसबुक पेजमार्फत लाइभ गरिएको बताउँदै उनले केन्द्रीय समितिको बैठक ढिलो गरी बसेको सन्दर्भमा स्पष्ट पार्दै यसबीचका भएका विभिन्न घटनाका कारण बैठक बस्न ढिला भएको जानकारी गराए ।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा भएको निर्वाचनमा तीनै तहमा कांग्रेस पहिलो पार्टी भएको बताउँदै उनले बैठकमा आएका सबै सुझावलाई सकारात्मक लिएर अघि बढ्नुपर्ने बताए । पार्टीका कार्यकारी पद भएकाले सभापतिसँग महामन्त्रीहरुको धेरैभन्दा धेरै समन्वय र छलफल हुनुपर्ने उनको धारणा थियो ।

कांग्रेसको नेतृत्वमै संविधानसभाको निर्वाचन सम्पन्न भएको र संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्दै उनले संविधान संशोधनका विषयमा उठेका प्रश्नको जवाफ दिँदै संविधानको समसामयिक रुपमा संशोधन हुने कुरा उतिबेलै घोषणा गरिएको स्मरण गराए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : ३४ बजे

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजार

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी– पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका