पढ्दै कमाउँदै कार्यक्रम : दैनिक एक क्विन्टल तरकारी उत्पादन « Khabarhub

पढ्दै कमाउँदै कार्यक्रम : दैनिक एक क्विन्टल तरकारी उत्पादन


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ खोलागाउँमा रहेको हिमालय माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत तरकारी खेती गरेका छन् । कृषि प्राविधिक पढ्ने विद्यार्थीहरूले प्रयोगात्मक शिक्षाअन्तर्गत विद्यालयमै तरकारी खेती गरेका हुन् ।

“हामीले पढ्दा कृषि क्षेत्रको विभिन्न विषयमा अध्ययन गर्नुपर्छ, तरकारी कसरी लगाउने, तरकारीमा लाग्ने रोगको उपचारलगायत विषयमा जानकारी लिनुपर्ने हुन्छ”, विद्यार्थी कृष्ण ओलीले भने । विद्यालयमै गरिएको तरकारी खेतीले आफूहरूलाई सिक्न सजिलो भएको ओलीको भनाइ छ । अहिले विद्यालयमा बेमौसमी तरकारी राम्रो फलेको छ ।

विद्यालयमा फलाएको बोडी र भिन्डी बजारमा जान थालेको र गोलभेँडा पनि बजारका लागि तयारी भएको छ । दैनिक एक क्विन्टल तरकारी स्थानीय बजारमा जान थालेको प्रधानाध्यापक भीमबहादुर ओलीले बताए । तरकारी खेतीबाट विद्यार्थीहरूलाई कृषि पढाउन सहज भएको उनको भनाइ छ ।

विद्यालयले सात रोपनी जग्गा लिजमा लिएर कृषि उत्पादनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअघि विद्यालयमा माछापालन कार्यक्रम सञ्चालन गरिएको थियो । माछापालनभन्दा तरकारी उत्पादन कार्यक्रम प्रभावकारी हुँदै गएको विद्यालयको भनाइ छ ।

विद्यालयमा सञ्चालित १८ महिने जेटिए र बाली विज्ञान सङ्कायको डिप्लोमा तहमा अध्ययनरत विद्यार्थी यस कार्यक्रममा जोडिएका छन् । प्रधानाध्यापक ओलीले जेटिए र बाली विज्ञान अध्ययन गर्दै गरेका ६० जना विद्यार्थी पढ्दै कमाउँदै कार्यक्रममा जोडिएको बताउनुभयो । उत्पादन भएको तरकारी नार्जी बजार र चौरजहारी बजारमा बिक्री हुने गरेको छ ।

“तरकारी राम्रो उत्पादन हुने गरेको छ, हामीले प्रयोगात्मक शिक्षा लिँदै उत्पादन गरेको तरकारी राम्रो फलेको छ, तर दैनिक ठूलो मात्रामा तरकारी फल्ने भएकाले तरकारीले बजार पाउन सकेको छैन”, अर्का विद्यार्थी भीमबहादुर डाँगीले भने । विद्यालयमै उत्पादनको परिणाम बढ्दै जान थालेको तर बजारीकरणको चुनौती रहेको उनको भनाइ छ । डाँगीका अनुसार अहिले दैनिक करिब रु पाँच हजारको तरकारी बिक्री भइरहेको छ ।

विद्यार्थी आफैँ उत्पादनका कार्यमा लागेर बिक्री गरेको वस्तुको मूल्य विद्यार्थीको नै हुने गर्दछ । अध्ययन पनि हुने, कमाइ पनि हुने भएपछि पढ्दै कमाउँदै कार्यक्रममा आबद्ध विद्यार्थीहरू झन् उत्साहित भएको बताइएको छ । विद्यालयका प्रधानाध्यापक ओलीका अनुसार उत्पादनको कार्यक्रमसँगै अनुसन्धानको काममा समेत विद्यार्थीलाई संलग्न बनाइएको छ ।

विद्यालयमा चौरजहारी वाह्य अनुसन्धान केन्द्रले पाइलट प्रोजक्टकारूपमा धानको नयाँ जात उत्पादनको कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रधानाध्यापक ओलीका अनुसार धानको नयाँ १२ वटा जातको उत्पादनका लागि अनुसन्धान भइरहेको र उक्त कार्यमा विद्यार्थी सिकाइका लागि संलग्न हुने गरेका छन् । नयाँ जात ‘रिलिज’ हुनुभन्दा अगाडि गरिएको उक्त अध्ययन कार्यक्रमले विद्यार्थीहरूको सिकाइमा थप हौसला थपिरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १० : ३५ बजे

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं– विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै

ठेक्का रकम समायोजन वा म्याद थप गर्न निर्माण व्यवसायीको माग

काठमाडौं– कोशी प्रदेशका निर्माण व्यवसायीहरूले ठेक्का रकम समायोजन वा म्याद

कर्मचारी पँजनीमै गुज्रियो स्वास्थ्यमन्त्री मेहताको एक महिना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

गोरखा– जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर