कांग्रेस पदाधिकारी बैठक बस्दै « Khabarhub

कांग्रेस पदाधिकारी बैठक बस्दै


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक देउवा निवास धुमबाराहीमा आज अपराह्न ४ बजेका लागि बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यही साउन २ गतेदेखि जारी केन्द्रीय समिति बैठका निर्णय तयार पार्नका लागि बैठक बोलाइएको हो ।

पदाधिकारी बैठक अघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गर्ने छन् ।

आज तयार पारिने निर्णयका आधारमा सभापति देउवाले भोलि बस्ने केन्द्रीय समिति बैठकमा आफूमाथि उठाइएका प्रश्नको जवाफसहित सम्बोधन गर्नेछन् ।

केन्द्रीय समिति बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको छ ।  विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १२ : ४१ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण