सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ | Khabarhub Khabarhub

सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित बीपी स्मृति सप्ताह कार्यक्रममा उनले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताए ।

सबै नेताको सम्पत्ति छानबिन गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भएको भन्दै मन्त्री गुरुङले भने, ‘प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले बसेर भनेको छु, अघि बढ्नुस् एउटापछि अर्को फाइल खोल्दै जाने, जोजो पर्छन् पर्छन् कांग्रेस, एमाले, माओवादी कोको पर्छन् मलाई थाहा छैन । तर, एकपछि अर्को गरी फाइल खोल्दै ठोक्दै जाने हो । भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउने नै हो भनेर कुरा भएको छ ।’

उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गरी रुपान्तरणको अभियान सुरु गर्नुपर्ने बताएका उनले सुशासन स्थापना गराउने हो भने उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ४ : ०१ बजे

दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु

धनगढी– दार्चुलामा भीरबाट खसेर एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ

पाथीभरा केबलकार बन्दा ताप्लेजुङवासीले रोजगारी पाउँछन् : चन्द्र ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार

हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता

एजेन्सी – सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको

उडुस मारेर वार्षिक १७ लाख नाफा कमाइरहेका युवा

काठमाडौं – ओछ्यानका पत्रदेखि लगाउने कपडासम्म पसेर रगत चुस्दै चिड्चिडाहट

वर्षमानलाई शंकर पोखरेलको फोन- अध्यादेशमा सहयोग गर्न आग्रह 

गुल्मी– एमालेले सरकारले ल्याएका अध्यादेश संसदीय संसदबाट स्वीकृत गर्न प्रमुख