प्रहरी निरीक्षक मृत्यु प्रकरणमा आमा छोरा पक्राउ | Khabarhub Khabarhub

प्रहरी निरीक्षक मृत्यु प्रकरणमा आमा छोरा पक्राउ


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

गलकोट– होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। 

घटना शंकास्पद देखिएको भन्दै प्रहरी उपरीक्षकको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका-६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ । 

यस्तै मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको शव परीक्षणका लागि बागलुङ ल्याउने तयारी थालिएको छ । शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरि अस्पताल र आवश्यक परेमा पोखरासमेत पठाइने प्रहरीको भनाइ छ । 

आशा होटल एण्ड खाजा घरमा गए राति प्रहरी इन्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ । प्रहरी उपरीक्षक खड्काले भने, ‘प्रहरी गहिरो अनुसन्धानमा छ, प्रहरी इन्चार्जको नै यस्तो अवस्था हुनु निकै दुःखद हो, घटना शंकास्पद देखिन्छ, प्रहरी घटनाको विषयलाई छिट्टै बाहिर ल्याउन लागि परेको छ ।’

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ५ : ३५ बजे

विदेशमा रहेकालाई मतदान गर्न दिनेबारे विज्ञसँग सरकारको छलफल

काठमाडौँ- आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली मतदाताको मताधिका सुरक्षित गर्ने

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको

राप्रपाको महाधिवेशन टारेर एक वर्ष कार्यकाल लम्ब्याउँदै राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक मंसिर २४

रामकुमारीदेखि किसानसम्मलाई भोलि ओलीले एमालेमा स्वागत गर्ने

काठमाडौँ– नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलमा गएर

भोलि एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री