बुधबार सेयर बजारमा ८.११ हंकको गिरावट « Khabarhub

बुधबार सेयर बजारमा ८.११ हंकको गिरावट


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारको गिरावट बुधबार पनि जारी छ । यस दिन नेप्से सूचक ८.११ अंकले घटेर २१५६.२० अंकमा आएको छ । २ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार बजार नथामिए पनि घट्नेक्रम भने साँघुरो भएको छ । प्यानिक सेल कम हुँदा कारोबार रकम पनि घटेको छ । 

यसअघि सोमबार सूचक २५.६६ अंकले घटेको थियो । यस्तै, मंगबार ३६.१९ विन्दुले तल झरेको थियो । तर बुधबार भने सूचक एकल अंकले मात्र घटेको छ । यसले विस्तारै प्यानिक सेल कम हुँदै गएको अनुमान लगाउन सकिन्छ । 

यस दिन २६० कम्पनीको ७३ लाख ९९ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड १२ लाख रुपैयाँसहित कारोबार रकममा ग्लोबल आइएमई संस्थापक सेयर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल पुनर्बिमा कम्पनी परेका छन् । 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ३ : ४२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार