प्रमुख निर्वाचन आयुक्तले माफी नमागे महाअभियोग लाग्छ : प्रदीप यादव « Khabarhub

प्रमुख निर्वाचन आयुक्तले माफी नमागे महाअभियोग लाग्छ : प्रदीप यादव


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी जसपाका प्रमुख सचेतक प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई महाअभियोग लगाउने चेतावनी दिएका छन् ।

निर्वाचन खर्च विवरण नबुझाउने र सार्वजनिक नगर्ने उम्मेदवारमाथि कारबाहीसम्बन्धी मंगलबार आयोगले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै उनले त्रुटिपूर्ण उक्त विज्ञप्तिप्रति माफी नमागे प्रमुख आयुक्त थपलियालाई महाअभियोग लाग्ने चेतावनी दिएका हुन् ।

थपलियाले जनप्रतिनिधिहरूको चरित्र हत्या गरेको समेत आरोप लगाएका उनले भने, ‘जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने गरी प्लानमा, डिजाइनमा प्रमुख निर्वाचन आयुक्तले विज्ञप्ति जारी गर्नुभयो । जबकी हामीले समयमै खर्चको विवरण बुझाएका छौं । जिल्ला निर्वाचन कार्यालयमा रेकर्ड छ । आफ्नो सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गरेका छौँ । तर, जानीजानी पनि कानुनको आफैं व्याख्या गरेर जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने काम गर्न खोज्नुभएको छ । खेद जन्य योग्य छ । प्रमुख आयुक्तजीलाई माफी माग्न अनुरोध गर्दछु । माफी माग्नुभएन भने मानहानिको मुद्दा वा महाभियोग लगाउनुपर्छ ।’

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ४५ बजे

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि