कोशीमा सरकार गठनविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा | Khabarhub Khabarhub

कोशीमा सरकार गठनविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियो । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्नेगरी काम नगर्न आदेश गर्दै लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ६ : २९ बजे

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक