पाँच किलो अफिमसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

पाँच किलो अफिमसहित तीन जना पक्राउ


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेको कोहलपुरबाट पाँच किलो ३ सय ६८ ग्राम लागूऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्।

प्रहरीले कोहलपुर नगरपालिका वडा नम्बर–११ बसपार्कस्थित कोहलपुर कटेज रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर १०६ बाट ५ किलो ३ सय ६८ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय हरिप्रसाद भट्टराई, ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराई रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

इलाका इन्चार्ज सुन्दर तिवारीका अनुसार पक्राउ परेका तीनै जनाले लागूऔषध अफिम कारोबार गरिरहेका छन् भन्ने विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ तथा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १० : १२ बजे

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६