सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति खारेज « Khabarhub

सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति खारेज


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ । 

कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले थापाको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै दायर गरेको रिटमामाथि बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति रद्द गरेको हो । 

उनी सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, कार्कीले सभामुखको हस्ताक्षरले मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै बदरको माग राखेर रिट दिएका थिए।  उक्त रिटमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै पदमुक्त हुने आदेश दिएको हो ।

                   

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ३ : १६ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी