सडक विस्तारमा फड्को मार्दै तातोपानी « Khabarhub

सडक विस्तारमा फड्को मार्दै तातोपानी


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– तातोपानी गाउँपालिकाले सडक विस्तारमा फड्को मारेको छ । भौतिक पूर्वाधार विस्तारलाई विशेष प्राथामिकतामा राखेर काम गरेको उक्त पालिकाले आर्थिक वर्ष २०७९-८० मा धुले सडक तीन हजार १९ मिटर, ग्राभेल सडक पाँच सय ७० मिटर, सोलिङ सडक पाँच सय ६० मिटर, पीपीसी सडक नौ सय २२ मिटर र आरसीसी सडक दुई सय ५० मिटर निर्माण गरी जम्मा पाँच दशमलव ३०१२ किमि सडक सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइँले जानकारी दिए ।

विकासको कामलाई चुस्त र गुणस्तरीय बनाउका लागि अनुगमन समितिले कडाइका साथ नियमित काम गरेकाले बाटोमा सुधार आएको र नागरिकले राहत महसुस हुनेगरी काम गरिएको उनको भनाइ थियो। गाउँपालिका इञ्जीनीयर डिल्ली बुढाका अनुसार गोरेटो बाटो निर्माण नौ हजार नौ सय ४७ मिटर, सोलिङ बाटो निर्माण दुई हजार आठ सय ७७ मिटर, पीसीसी बाटो निर्माण आठ सय ९४ मिटर र आरसीसी सडक ७८ मिटर गरी जम्मा १३ दशमलव ७९६ किमि सडक निर्माण भएको उनले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले विद्युत् लाइन विस्तार र मर्मत पाँच वटा, झोलुङ्गे पुल र ट्स पुल निर्माण दुई, तटबन्ध ११ वटा निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ४ : ११ बजे

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित

नेपाली कम्युनिस्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : भीम रावल

बैतडी । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले जनताका अधिकारलाई

जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे

गोरखा- जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका

नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : स्वर्णिम वाग्ले

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले