पाकिस्तानको पञ्जाबमा आएको बाढीका कारण सयौँ विस्थापित « Khabarhub

पाकिस्तानको पञ्जाबमा आएको बाढीका कारण सयौँ विस्थापित


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लाहोर– पाकिस्तानको पञ्जाब प्रान्तमा चिनाब नदीको किनारमा आएको बाढीका कारण कम्तीमा ५० गाउँ डुबानमा पर्दा सयौं मानिस विस्थापित भएका अधिकारीहरूले बिहीबार बताएका छन् ।

मनसुनी वर्षाका कारण आएको बाढीका कारण यस महिनाको सुरुमा प्रान्तका अन्य गाउँबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । ‘चिनियोट फ्लड कन्ट्रोल रुम’का अधिकारी औरोङ जैबले मौसमी वर्षाका कारण पानीको सतह बढेको बताए ।  

‘नदी कटानका कारण तल्लो भेगका गाउँहरू बाढीबाट प्रभावित भएका छन्,’ उनले भने । छिमेकी भारतले सिन्धुनदीमा पानी छोड्न स्लुइस गेट खोलेपछि पनि नदीको सतह प्रभावित भएको छ । 

अधिकारीहरूले चिनाब नदीमा सुरक्षात्मक तटबन्ध निर्माण गर्ने योजना घोषणा गरेका छन् तर आगामी दिनमा अझै बाढी आउने चेतावनी दिएका छन् । दक्षिण एसियाको वार्षिक वर्षाको ७० देखि ८० प्रतिशत वर्षा जुनदेखि सेप्टेम्बरमा मनसुनले गर्छ ।

करिब दुई अर्ब जनसङ्ख्या भएको यस क्षेत्रमा लाखौं किसानको जीविकोपार्जनका लागि यो महत्वपूर्ण छ तर यसले पहिरो र बाढी पनि ल्याउँछ । वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनले मौसमी वर्षालाई भारी र अप्रत्याशित बनाइरहेको छ । 

पाकिस्तान दीर्घकालीन जलवायु जोखिमको खतरामा रहेका देशहरूमध्ये एक हो । सन् २०२२ मा देशको करिब एक तिहाइ भूभाग डुबानमा परेको विनाशकारी बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ७ : १३ बजे

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण