फिलिपिन्सको तालमा डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु, छ जना बेपत्ता « Khabarhub

फिलिपिन्सको तालमा डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु, छ जना बेपत्ता


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुङ्गा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको उद्धारकर्ताले बताएका छन् ।

उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिला नजिकैको लगुना तालमा दुर्घटना भएको हो । सामुद्रिक सुरक्षा गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठ डुङ्गालाई तीव्र हावाको बहावले ढलपल ढलपल पारेपछि सबै यात्रुहरू आत्तिएका थिए र उनीहरू बन्दरगाह (बायाँ) तिर गएका थिए ।”

“उक्त हुरी तत्काल साम्य भएको थियो र डुङ्गालाई आफ्नो गन्तव्यमा जान कुनै अवरोध थिएन,” तटरक्षक बलका प्रवक्ता रियर एडमिरल अर्मान्डो बालिलोले भने ।

यात्रुवाहक डुङ्गा बिनान्गोनान नगरपालिकाबाट तालको बीचमा रहेको तालिम टापुसम्म नियमित रूपमा दौडिरहेको नगरपालिकाका उद्धार अधिकारी केनेथ सिराडोसले एएफपीलाई बताए ।

उद्धारकर्ताले पानीबाट २३ जनाको शव निकालेको र ४० जनालाई जीवित उद्धार गरेको उनले बताए ।

कालिनावान बन्दरगाहमा उभिएका बिनान्गोनानका बासिन्दा फ्रेडरिक सिसनले भने, “डुङ्गा हाम्रो अगाडि डुबेको थियो ।” दुर्घटना भएको केही घण्टापछि पनि हराइरहेका छ जनाको खोजीका लागि उद्धारकर्मीले तालमा खोजी गरिरहेको सिराडोसले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ९ : ०३ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,