भारतद्वारा संयुक्त राष्ट्र संघलाई १० लाख अमेरिकी डलर सहयोग « Khabarhub

भारतद्वारा संयुक्त राष्ट्र संघलाई १० लाख अमेरिकी डलर सहयोग


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ। विश्व संगठनमा हिन्दी भाषाको प्रयोगलाई प्रवर्द्धन गर्न र समावेशी संवाद र समझदारीलाई बढावा दिन भारतले संयुक्त राष्ट्र संघलाई १० लाख  अमेरिकी डलर योगदान गरेको छ । 

संयुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले संयुक्त राष्ट्र संघको ग्लोबल कम्युनिकेसन विभागकी उपमहासचिव मेलिसा फ्लेमिङलाई १० लाख अमेरिकी डलरको चेक हस्तान्तरण गरेकी हुन्  । यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता बढ्ने भारतीय प्रतिनिधिको विश्वास छ । 

‘हिन्दी भाषामा समाचार र मल्टिमिडिया सामग्रीलाई मूलधारमा राख्ने र एकीकृत गर्ने संयुक्त राष्ट्र संघको प्रयासलाई भारत र हिन्दी भाषी जनसंख्या बसोबास गर्ने देशहरूमा प्रशंसा गरिएको छ,’ उनले भनिन्। उनले भारत सरकारले संयुक्त राष्ट्र संघमा हिन्दी भाषाको प्रयोगलाई निरन्तरता दिने बताएकी छिन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १२ : ०१ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,