म्यान्मारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई कारागारबाट सारियो « Khabarhub

म्यान्मारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई कारागारबाट सारियो


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

रंगुन- सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ । नेसनल लिग फर डिमोक्रेसीका एक अधिकाारीका अनुसार सोमबार राति नेतृ सुकीलाई उच्चस्तरीय परिसरमा सारिएको हो ।

उनले तल्लो सदनका सभामुख सभामुख ति खुन म्याटसँग भेटवार्ता पनि गरेकी छिन् । उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन् ।

यसै महिना थाइल्याण्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए । म्यान्मारमा विकसित पछिल्लो घटक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सुकीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा सारिएको छ ।

नेतृ सुकीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।

हिरासतमा रहेकी ७८ वर्षीय नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरिएको छ । उनमाथि भ्रष्टाचार, गैरकानूनी रूपमा  वाकीटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेकोलगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ६ : ३० बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने