१७ दिनपछि मुगुमा विद्युत् पुनःसञ्चालन « Khabarhub

१७ दिनपछि मुगुमा विद्युत् पुनःसञ्चालन


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुगु – विद्युत् अवरुद्ध भएको १७ दिनपछि मुगुमा बिजुली बत्ती सञ्चालनमा आएको छ । गमगाड वितरण केन्द्रले छायाँनाथ रारा नगरपालिकासँगको समन्वय एवं नगरपालिकाकै आर्थिक तथा प्राविधिक सहयोगमा शुक्रबार साँझदेखि विद्युत् सेवा सञ्चालन भएको हो ।

गत असार २७ गते मङ्गलबार गमगाड खोलामा आएको बाढीले पावर हाउसतिरको नहरमा बालुवासहितको माटाले नहर पुरेपछि नहरमा पानी बग्न नपाइ विद्युत् सेवा अवरुद्ध भएको थियो । विद्युत् सेवा अवरुद्ध भएपछि छायाँनाथ रारा नगरपालिकाभित्रका ८७ बस्तीका २६ हजार घर परिवार विद्युत् सेवाबाट प्रभावित हुँदै आएका थिए भने दैनिक रुपमा सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले सेवा दिन सकेका थिएनन् ।

विद्युत् सेवा सञ्चालन गर्नका लागि जिल्लास्थित विद्युत् प्राधिकरणका कर्मचारी र सशस्त्र प्रहरी बल ४५ नम्बर गुल्ममा कार्यरत सुरक्षाकर्मीहरुले नहरमा जमेको करिब एक सय मिटर भागको बालुवा र माटो निकालेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : १४ बजे

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा

जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्

बेलायतको क्लाक्टनमा उपनिर्वाचन : नाइजल फराजको अग्निपरीक्षा

काठमाडौं- बेलायतको क्लाक्टन-अन-सी क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । उपचुनावमा रिफर्म

निर्यातभन्दा आयात पाँचगुणा बढी

काठमाडौं– दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन