एनआरएनए साउदीमा पहिलो पटक महिला अध्यक्ष  « Khabarhub

एनआरएनए साउदीमा पहिलो पटक महिला अध्यक्ष 


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको अध्यक्षमा रविना अर्याल चयन भएकी छिन् । साउदी अरब एनआरएनएमा महिला अध्यक्ष भएको यो पहिलो पटक हो । 

एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिति सदस्य, उपाध्यक्ष लगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई, उपाध्यक्षमा राजकुमार गिरि, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुवेदी, महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गाबहादुर काउचा निर्विरोध निर्वाचित भएका छन् । युवा संयोजकमा विष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगर विजयी भएका छन् । 

समिति सदस्यहरूमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदमबहादुर महत, दीपक ढुङ्गाना, अमृतबहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले विजयी भएको निर्वाचन समितिले जनाएको छ । 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ३७ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी