श्रीलंकामा सामूहिक चिहानको अनुसन्धान गर्न माग  « Khabarhub

श्रीलंकामा सामूहिक चिहानको अनुसन्धान गर्न माग 


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाका धेरै क्षेत्रमा सामुहिक चिहानमा दर्जनौं पुरुषको कंकाल फेला परेका छन् । सो घटना पछि ती कंकालको छानबिनको माग सुरु भएको थियो, यो विषय अझै सकिएको छैन ।

श्रीलंकाको तमिल बहुसंख्यक उत्तरी र पूर्वी क्षेत्रहरूले शुक्रबार आन्दोलन गरिएको थियो । श्रीलंकाका अल्पसंख्यक समुदाय तमिलहरूले उत्तरपूर्वी जिल्ला मुल्लाथिभुमा भएको कथित सामूहिक चिहानको विश्वसनीय अनुसन्धानको माग गर्दै प्रदर्शन गरेका हुन् ।

सो क्रममा जाफ्ना, किलिनोच्ची, मन्नारमुल्लाथिवुको उत्तरी र पूर्वी क्षेत्रका अन्य द्वन्द्वमा बेपत्ता भएकाहरूका आफन्तहरूले व्यापार बन्द गरेर तथा घरभित्रै बसेर विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए । जाफ्ना विश्वविद्यालयको संयुक्त विद्यार्थी युनियनले एक विज्ञप्तिमा बन्दको आह्वान गरेको थियो ।

एक मिडिया रिपोर्ट अनुसार २००९ मा श्रीलंकाको सेना र पृथकतावादी तमिल टाइगर्सबीच २६ वर्षको गृहयुद्ध समाप्त भएको थियो, जसमा १ लाख मानिसको ज्यान गएको थियो भने श्रीलंकाको सरकारी तथ्याङ्क अनुसार २० हजार भन्दा बढी अझै बेपत्ता रहेका छन्।

गत जुनमा यस क्षेत्रमा विकास परियोजनाको लागि उत्खनन गतिविधिहरूको क्रममा राष्ट्रिय पानी बोर्डका कार्यकर्ताहरूले कोक्कुथुडुवईमा संयोगवश एउटा कथित सामूहिक चिहान फेला पारेको थिए । जुलाई ६ मा मुल्लैतिवु मजिस्ट्रेटको अदालतले कथित सामूहिक चिहान खन्ने कामको निरीक्षणसमेत गरेको थियो ।

तमिल राजनीतिक दलका प्रतिनिधिहरूले त्यहाँ कम्तीमा १३ जनाको मानव अवशेष फेला पारेको बताएका छन् । पृथकतावादी सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिका आफन्तले चिहानको अन्तर्राष्ट्रिय अनुसन्धानको माग गर्दै आएका छन् ।

यसअघि एक रिपोर्टले पत्ता नलागेका यी अज्ञात सामूहिक चिहानहरूमा अझै हजारौं शव गाडिएको हुनसक्ने बताएको थियो। श्रीलंका सरकारले गठन गरेका धेरै छानबिन आयोगहरू मध्ये कुनैले पनि सामूहिक चिहानको छानबिन गर्न आदेश दिएका छैनन् ।  

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ८ : २४ बजे

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट