‘विकास र समृद्धिका लागि राजनीतिक विमर्श जरुरी’ | Khabarhub Khabarhub

‘विकास र समृद्धिका लागि राजनीतिक विमर्श जरुरी’


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राज्य निर्माणका लागि बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुको विकास अपरिहार्य रहेको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले राज्य दिनप्रतिदिन कमजोर भइरहेको उल्लेख गर्दै विकास र समृद्धिको बाटोमा मुलुकलाई कसरी अघि बढाउन सकिन्छ विषयमा केन्द्रीत भएर राजनीतिक विमर्श गर्न जरुरी रहेको बताएका छन् ।

उनले जवसम्म मुलुक भित्रको श्रमशक्तिलाई उद्यमशीलता र रोजगारीका माध्यमवाट राष्ट्रनिर्माणको काममा लगाउन सकिँदैन तबसम्म विकास र समृद्धिको कुरा कोरा कल्पना मात्र हुने उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले लामो समय नेपालका राजनीतिक दलहरूले राज्यसत्ताका विरुद्ध संघर्ष गर्नु परेका कारणले नेपाली समाज राज्यसत्ताको विपक्षी जस्तो बन्न पुगेको समेत बताएका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक अस्थिरता र सामाजिक अराजकताले राज्य दिनप्रतिदिन कमजोर भइरहेको छ, त्यसमाथि नेपालीको मौलिक संस्कृतिमा भइरहेको विघटनले राज्यलाई थप कमजोर बनाइरहेको छ ।’

पोखरेलले नेपाल राष्ट्रको विकास र समृद्धिका लागि राज्य हाम्रो हो भन्ने साझा मनोविज्ञानको विकास हुन जरुरी रहेको उल्लेख गर्दै वर्गीय समाजमा राज्य कमजोर हुने र नागरिक बलियो हुने सम्भावना नरहने प्रष्ट पारेका छन् ।

वर्तमान सरकारकारको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीतिले चरम आर्थिक संकट सिर्जना भएको पोखरेलको विश्लेषण छ । देशबाट ठूलो सङ्ख्यामा नागरिक वैदेशिक रोजगारीमा पलायन भइरहेका प्रति पोखरेलले चिन्ता व्यक्त गरे ।

 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १२ : ०२ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि