महाराष्ट्रको बुलढानामा सवारी दुर्घटना : छ जनाको मृत्यु « Khabarhub

महाराष्ट्रको बुलढानामा सवारी दुर्घटना : छ जनाको मृत्यु


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

बुलढाना – शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । 

राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई वटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए । अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै  र एक यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अन्य घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिङ्गोलीतर्फ गइरहेको बस र  नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एक आपसमा ठोक्किएका थिए । दुर्घटनाको अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  २ : २५ बजे

रास्वपाले विघटन गर्यो बारा जिल्ला समिति

काठमाडौं । रास्वपाले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको

पार्टी हितविपरीत लागेका रास्वपाका १५ जनाको सदस्यता खारेज

काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना

रास्वपाले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार

जनप्रतिनिधिका काम प्रभावकारी बनाउँदै सरकारलाई सशक्त खबरदारी गर्ने कांग्रेसको संकल्प

काठमाडौं । नेपाली कांग्रेसले जनप्रतिनिधिका कामलाई प्रभावकारी बनाउँदै सरकारलाई सशक्ति

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा