काठमाडौँका नगरप्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन | Khabarhub Khabarhub

काठमाडौँका नगरप्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरुमाथि काठमाडौँ महानगरपालिकाका नगरप्रहरीले ज्यादती गरेको भन्दै साना व्यापारीहरुले प्रदर्शन गरेका छन् ।

आफूहरुलाई गरिखान नदिएको र नगर प्रहरीले चरम ज्यादती गरेको भन्दै साना व्यापारीहरुले भृकुटिमण्डपमा प्रदर्शन गरेका हुन् ।

ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरुलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । ठेलागाडा, साइकल तथा फुटपाथ व्यवसाय प्रतिबन्ध लगाउनुको साटो सबैलाई गरिखान दिन अन्य स्थानमा विकल्प दिनुपर्ने उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले ‘बालेन, सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो’, ‘गरिब होइन गरिबी हटाऊ’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : ४१ बजे

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग

पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गरिँदैछ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल