एकीकृत समाजवादीका तीनै तहका बैठक स्थगित | Khabarhub Khabarhub

एकीकृत समाजवादीका तीनै तहका बैठक स्थगित


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले यसअघि तय गरेको पार्टी कमिटीका तीनै तहका बैठक स्थगित गरेको छ। पार्टीले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाएकोमा स्थगित गरेको हो।

साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ पोलिटब्युरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएकोमा तयारी नपुगेको भन्दै बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो । प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले आवश्यक तयारी नपुगेकाले एक साता पछि बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए।

यसअघि साउन पहिलो साता सम्पन्न सचिवालय बैठकले तीनै तहका बैठक बस्ने मिति निर्धारण गरेको थियो। 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : २६ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि