पाकिस्तानमा फेरि अहमदिया मुसलमानको प्रार्थानास्थलमा तोडफोड | Khabarhub Khabarhub

पाकिस्तानमा फेरि अहमदिया मुसलमानको प्रार्थानास्थलमा तोडफोड


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा तोडफोड गरिएको अर्को घटना सार्वजनिक भएको छ । कराँची सहरस्थित हाइ रोडमा रहेको अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा तोडफोड गरिएको घटना सार्वजनिक भएको हो ।

स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार उक्त प्रार्थानास्थलमा तोडफोड गरिएको थियो भने अहमदियाप्रति घृणा फैलाउने सन्देश पनि लेखिएको थियो । समाचारमा जनाइएअनुसार उक्त स्थानमा करिब एक दर्जन मानिसहरु जबरजस्ती पसेर तोडफोड गरेका थिए ।

घटनाबारे उजुरी दर्ता गराइएको र दोषीमाथि आवश्यक कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । यसअघि पनि पाकिस्तानका विभिन्न स्थानहरुमा अहमदिया समुदायको चिहान र प्रार्थानास्थल भत्काइएको समाचार सार्वजनिक हुँदै आएका छन् ।

इस्लाम धर्म मान्ने भएपनि पाकिस्तानले अहमदियाहरुलाई मुसलमानको सूचीमा नराख्ने गरेको बताइन्छ । अल अरबिया पोस्टका अनुसार पाकिस्तानी अपराध संहिताको २९८ धाराअनुसार अहमदियाहरुले आफूलाई मुसलमान भन्न र आफ्नो आस्थाको प्रचार गर्न पाउँदैनन् । पाकिस्तानमा अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १ : १८ बजे

एमाले विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफलमा उठेका विषयमा अध्यक्ष ओलीले जवाफ दिने

ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आज समूहगत छलफलको

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ?

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ

पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

लमजुङ– झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

भोजपुर– भोजपुरका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ