कोशी सरकार विघटन गरी मध्यावधिमा जाउँ : भट्टराई  | Khabarhub Khabarhub

कोशी सरकार विघटन गरी मध्यावधिमा जाउँ : भट्टराई 


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कोशी प्रदेश सरकार निर्माणका लागि मध्यावधिमा जानु पर्ने धारणा राखेका छन् ।

कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत मध्यावधि निर्वाचनको विकल्प सुझाएका हुन् ।

उनले भनेका छन्– ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत् शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र ?’

उनले सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारीहरूले बुझ्नुपर्ने बताएका छन् ।

सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निर्माण गरेपछि गत शुक्रवार सर्वोच्च अदालतले उल्टाई दिएपछि कोशी सरकार निर्माण थप सकस परेको छ ।

अङ्क गणितका आधारमा सरकार निर्माण गर्न संवैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्यावधिको विकल्प सुझाएका हुन् ।  

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : २० बजे

काभा महिला भलिबल : नेपाल र किर्गिस्तानबीच आज उपाधि भिडन्त 

काठमाडौं– १९ वर्षमुनिको सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) महिला भलिबल

एमालेको पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन महासचिव पोखरेलको निर्देशन

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी पालिका स्तरीय

सुकेनास लागेको अर्थतन्त्र र सुधारको सूत्र

नेपालको पछिल्लो ३५ वर्षको राजनीतिक विसङ्गतिले सबैभन्दा गम्भीर प्रहार कतै

निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक कालोपत्र  अझै पूरा

मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक