एक क्विन्टल सुन प्रकरणमा बेल्जिमयका नागरिक पक्राउ « Khabarhub

एक क्विन्टल सुन प्रकरणमा बेल्जिमयका नागरिक पक्राउ


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजस्व अनुसन्धान विभागले एकसय केजी सुन तस्करी प्रकरणमा काठमाडौंको ठमेलबाट एकजनालाई पक्राउ गरेको छ ।

विभागको टोलीले गएराति ठमेलस्थित भियाना होटलबाट तिब्बती मूलका बेल्जिमय नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । होटलबाट विभागको टोलीले केही सामग्रीहरु पनि बरामद गरेको छ।

छिरिङ यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए । यस्तै, विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग उनको संलग्नता रहेको बताइन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १२ : ०९ बजे

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने