वाल्मीकि आश्रम जान पुल बन्यो, बाटो बनेन « Khabarhub

वाल्मीकि आश्रम जान पुल बन्यो, बाटो बनेन


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– धार्मिकस्थल वाल्मीकि आश्रम जाने गरी पुल निर्माण गरिए पनि बाटो निर्माण हुन सकेको छैन । गत वर्ष मात्रै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो ।

नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जाने बाटो नभएपछि त्रिवेणीमा विकल्पका रुपमा पुल निर्माण गरिएको थियो । नौ वर्ष लगाएर करिब एक वर्षअघि चार सय ७९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरिएपनि बाटो नबन्दा अहिले पनि भारतीय भूभाग हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ ।

वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका–१, अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ । नेपालकै भूभाग हुँदै यहाँ पुग्ने बाटो छैन । नवलपुरको त्रिवेणी धामबाट भारतीय भूभाग वाल्मीकि नगरको बाटो प्रयोग गरि वाल्मीकि आश्रम पुग्न सकिन्छ । भारतीय बाटो हुँदै जाँदा समस्या भएपछि त्रिवेणीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । पुल निर्माण गरेपनि पुल तरेपछिको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाटो अझै बन्न सकेको छैन ।

वाल्मीकि आश्रम पुग्न त्रिवेणीधामबाट पुल तरेपछि चितवनतर्फ करिब १६ सय मिटर बाटो निर्माण गर्नुपर्ने अवस्था रहेको छ तर पुल निर्माण भएको एक वर्ष बित्दासमेत बाटो निर्माणको काम अघि बढ्न सकेको छैन ।

पुल निर्माणसँगै चितवनतर्फको भूभागमा ट्रयाक निर्माणको पहल भइरहेको त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्दे्रश्वर भुसालले बताए ।

गण्डकी प्रदेश सरकारले चालु आवमा वाल्मीकि आश्रम पुग्ने ट्रयाक खोल्नका लागि १५ लाख विनियोजन गरेको उनको भनाइ छ । ‘पुल बनेर पनि भारतीय बाटोबाटै वाल्मीकि आश्रम जानुपर्ने बाध्यता कायमै रहेको छ, चितवन खण्डमा ट्रयाक खोल्ने काम नहुँदा यस्तो भएको हो’, उनले भने, ‘अब ट्रयाक खोल्ने गरी बजेट सुनिश्चित भएको छ, चाँडै काम अघि बढ्छ ।’

ट्रयाक खोल्ने कामसँगै सुरक्षार्थ नेपाली सेनाको जाँच पोष्टसमेत निर्माण हुने जनाइएको छ । निकुञ्ज क्षेत्र पर्ने भएकाले पुलको छेउमा चेकपोष्ट निर्माण गरिने कार्यकारी निर्देशक भुसालले बताए । ट्रयाक खोलेपछि नेपालकै बाटो हुँदै सहजरुपमा वाल्मीकि आश्रम जान सकिने उनले बताए । यसले वाल्मीकि आश्रमसहित त्रिवेणी धाम क्षेत्रमा समेत धार्मिक पर्यटकको आगमन बढ्ने कार्यकारी निर्देशक भुसालले बताए ।

उनले वाल्मीकि आश्रम पुग्ने बाटो निर्माणसँगै यस क्षेत्रको विकासमा समेत काम गर्न आवश्यक रहेको बताए। भूगोलले बागमती प्रदेशमा पर्ने र पहुँचले गण्डकी प्रदेशबाट सहज रहेको वाल्मीकि आश्रमको विकासमा बागमती प्रदेशले खासै चासो दिन सकेको छैन । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाले यसको संरक्षण गर्दै आएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : ५५ बजे

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

काठमाडौं – फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी

निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल फागुन १८ गते सोमबार फागुन

आज २०८२ साल फागुन १८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १८ गते सोमबार फागुन