संसदीय समितिबारे रास्वपाबाट प्रधानमन्त्रीको ध्यानाकर्षण « Khabarhub

संसदीय समितिबारे रास्वपाबाट प्रधानमन्त्रीको ध्यानाकर्षण


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसदीय समितिको सभापति चयनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

आज प्रधानमन्त्री निबास बालुवाटार पुगेर उनीहरुले लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन रहेकाल समिति प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

समितिबाट नीति, नियम तर्जुमाको काम गर्नुपर्ने भन्दै उनीहरूले सभापति नहुँदा असहज भएको बताएका थिए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले केही दिनमै सभापति चयन गर्ने गरी अघि बढ्ने जवाफ दिएका थिए ।

भेटका क्रममा प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत कुराकानी भएको प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ११ : २८ बजे

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला