विभिन्न स्थानबाट लागूऔषधसहित १३ जना पक्राउ  | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १३ जना पक्राउ 


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १३ जना पक्राउ परेका छन् । कैलालीका विभिन्न तीन ठाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित चारजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये धनगढी उपमहानगरपालिका-२ बस्ने २७ वर्षीय योगेश कुँवर र सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय कुनाल खड्कालाई करिब ३ सय ५० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलबाट, जोशिपुर गाउँपालिका-६ सिमरी बस्ने १९ वर्षीय अर्जुन बडायकलाई करिब ३ सय मिलिग्रामसहित सोही ठाउँबाट र टीकापुर नगरपालिका-७ बस्ने २० वर्षीय राम सुरेश चौधरीलाई करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित भजनी नगरपालिका-५ कव्वाखेडा घाटबाट प्रहरीले पक्राउ गरेको हो ।   

झापाको दमक नगरपालिका-५ नारायण गोपाल टोल डेरा गरी बस्ने गौरादह नगरपालिका-५ घर भएका २७ वर्षीय सरोज सुब्बा समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित आइतबार दिउँसो इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी मेचीनगर नगरपालिका-६ स्थित मेची पुल छेउबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित बिर्तामोड नगरपालिका-४ बस्ने २० वर्षीय महममताज अलीलाई आइतबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको बागमती नगरपालिका-११ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित रौतहट गरुडा नगरपालिका-८ बस्ने ४० वर्षीय रामानन्द साह समेत दुईजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले प्रदेश ३-०१-०२२ च ६५१५ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिक-७ चम्मन चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ सय मिलिग्रामसहित सोही नगरपालिका-७ सिगलपट्टी बस्ने २४ वर्षीय बिकास बिकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरीया, इलाका प्रहरी कार्यालय रैकवार र अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरीयाबाट खटिएको संयुक्त टोलीले से.५ प ७९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक बिकलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कपिलवस्तु, मायादेवी गाउँपालिका-४ तुल्सिडिहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित वाणगंगा नगरपालिका-१ बैरिया बस्ने ३१ वर्षीय विवेक थारु समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तुल्सीपुर बलुहवाबाट खटिएको प्रहरीले लु.७७ प १६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ४ : ०३ बजे

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल

बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा

बैतडी – त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा

मधेसमा कांग्रेसको समर्थनमा फेरि मुख्यमन्त्री दाबी गर्दै सोनल

काठमाडौँ- मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश