कसले उचाल्ला ललित स्मृति कपको उपाधी « Khabarhub

कसले उचाल्ला ललित स्मृति कपको उपाधी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज (आइतबार) हुँदैछ । उपाधी भिडन्तका लागि नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच कडा प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल दिउँसो ३ बजेदेखि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगितामा ब्रिगेड ब्वाइज साबिकको विजेता हो भने पुलिस पहिलो पटक फाइनल प्रवेश गरेको हो । दुवै टोली जीतको लक्ष्यसहित मैदान प्रवेश गर्नेछन् ।

‘ए’ डिभिजन लिग खेलको ९ खेलाडीसहित एन्फा एकेडेमीका खेलाडीको बाहुल्यता रहेको ब्रिगेड प्रतियोगिताको एक मात्रै अपराजित टिम हो ।

समूह चरणको अन्तिम खेलमा पनि ब्रिगेडले पुलिसलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । तर, पुलिसले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएर फाइनल पुगेको थियो ।

ब्रिगेडले भने सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो । मनाङमाथि फराकिलो जित निकालेको कारण ब्रिगेड फाइनलमा ढुक्क छ ।

‘पुलिस पनि बलियो टिम हो । हामीले सामान्य सोचेर खेल्दैनौं । हामी जित्नकै लागि खेल्छौं ,’ ब्रिगेडमा मुख्य प्रशिक्षक सनोज श्रेष्ठले भने ।

एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : १० बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार