मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : शेखर कोइराला « Khabarhub

मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : शेखर कोइराला


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम राख्न भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ मोरङको नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उनले मुलुकको विकासका निम्ति भ्रष्टाचार र दण्डहिनताको अन्त्य हुनुपर्ने बताए।

नेता डा कोइरालाले मुलुकको भविष्य बनाउने जिम्मा विद्यार्थीका काँधमा रहेकाले यसप्रति सचेत र सजग रहन आग्रहसमेत गरे । उनले मुलुकमा विकासको गतिलाई तीव्रता दिन राजनीतिक स्थायित्व आवश्यक रहेको विचार व्यक्त गरे ।

नेविसङ्घ मोरङ सभापति सरोज पोखरेल, नेकां मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, महानगर सभापति दीपक चापागाईं, कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेविसङ्घ पूर्वसहमहामन्त्री कृष्ण कार्की, कांग्रेसका क्षेत्रीय सभापति विनोद बस्नेतलगायतले भातृ सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १० : २४ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने