कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त « Khabarhub

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् ।

सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्री दाबी गरेका थिए ।

थापालाई गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीका १ सहित ४७ सांसदले समर्थन गरेका छन् ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् भने भोलि बिहान १०ः३० बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ५ : ३८ बजे

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि