विदेशमा रहेका नेपालीका लागि सयभन्दा बढी रोजगारीको व्यवस्था गरेका छौँ : रवि लामिछाने | Khabarhub Khabarhub

विदेशमा रहेका नेपालीका लागि सयभन्दा बढी रोजगारीको व्यवस्था गरेका छौँ : रवि लामिछाने


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका तर स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ ।

पार्टी सभापति रवि लामिछाने सामाजिक सञ्जाल फेसबुकमार्फत एक सयभन्दा बढी रोजगारको घोषणा गरेका छन् । उनले विभिन्न स्थानहरुमा विज्ञापन गरेको बताउँदै इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह समेत गरेका छन् ।

‘यी विज्ञापनहरू विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदै छन्। चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनिुबिना ढेउवा के’ उनले लेखेका छन् , ‘अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिनभरि विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदैछु।’

यसअघि निर्वाचन ताका रविले विदेशमा रहेका नेपालीलाई स्वदेश मै रोजगारीको व्यवस्था गर्ने बताएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १० : ४७ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय