विदेशमा रहेका नेपालीका लागि सयभन्दा बढी रोजगारीको व्यवस्था गरेका छौँ : रवि लामिछाने « Khabarhub

विदेशमा रहेका नेपालीका लागि सयभन्दा बढी रोजगारीको व्यवस्था गरेका छौँ : रवि लामिछाने


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका तर स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ ।

पार्टी सभापति रवि लामिछाने सामाजिक सञ्जाल फेसबुकमार्फत एक सयभन्दा बढी रोजगारको घोषणा गरेका छन् । उनले विभिन्न स्थानहरुमा विज्ञापन गरेको बताउँदै इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह समेत गरेका छन् ।

‘यी विज्ञापनहरू विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदै छन्। चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनिुबिना ढेउवा के’ उनले लेखेका छन् , ‘अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिनभरि विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदैछु।’

यसअघि निर्वाचन ताका रविले विदेशमा रहेका नेपालीलाई स्वदेश मै रोजगारीको व्यवस्था गर्ने बताएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १० : ४७ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष