६ महिनामा चार हजार आँखा रोगीको उपचार « Khabarhub

६ महिनामा चार हजार आँखा रोगीको उपचार


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा पाएका हुन् । छ महिनायता चार हजार सात सय २५ जनाको आँखाको उपचार गरिएको छ ।

आँखा जाँच, औषधि तथा चस्मा वितरण सेवालाई जिल्लामा सञ्चालित अस्पताल र गाउँगाउँका पालिकास्तरमै पु¥याइएको छ । जीवनभर कहिल्यै आँखा परीक्षण नगरेकाले समेत आँखा जाँच गराएर सेवा लिएका छन् भने आँखा नदेख्ने कतिपय शल्यक्रियापछि आँखा देख्ने भएका जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख टीका राईले जानकारी दिए ।

केन्द्रबाट दुई हजार नौ सय २२, ओखलढुङ्गा सामुदायिक अस्पतालमा रहेको केन्द्रबाट ६ सय ६९, खिजीदेम्बाको ग्रामीण आँखा केन्द्रबाट पाँच सय १२, मोतिराज ग्रामीण आँखा केन्द्र मानेभञ्ज्याङबाट तीन सय ४१ र लिखु ग्रामीण आँखा केन्द्रबाट दुई सय ८१ जनाले आँखाको उपचार गराएको उनले बताए ।

यस्तै केन्द्रले विगत ६ महिनामा ३८ लाख ५६ हजार आम्दानी गरेको छ । सेवा उपलब्ध गराउँदा ३३ लाख खर्च भएको प्रमुख राईले जानकारी दिनुभयो । सत्र वर्ष अघि स्थापना भएको उक्त केन्द्रमा सेवा लिनेको सङ्ख्या बर्सेनि वृद्धि हुँदैगएको छ ।

मासिक झण्डै ६ सयको हाराहारीमा सेवाग्राही उपचारका लागि आउने गरेका छन् । जिल्लामा आँखा जाँच तथा उपचार सेवा प्रभावकारी बन्दै गएको सिद्धिचरण नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा रेडक्रसका पूर्वसभापति मोहनकुमार श्रेष्ठले बताए । उनकै पहलमा जिल्लामा सामुदायिक आँखा उपचार केन्द्र स्थापना भएको हो ।

विद्यार्थीको आँखा जाँच तथा उपचार कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । जीदेम्बा, मानेभञ्ज्याङ, लिखुलगायतका स्थानीय तहले आँखा केन्द्र स्थापना गरेर सेवा प्रवाह थालेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ३१ बजे

मन्त्रीहरूलाई रिबन काट्न र भाषणबाजी गर्न निषेध !

काठमाडौं- अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व रवि लामिछानेले गरिरहेका छन्

जलवायुमैत्री खेती लगाउन सिक्दै किसान

टीकापुर– कैलालीका किसान जलवायुमैत्री खेतीमा प्रोत्साहित भइरहेका छन् । विभिन्न

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर– यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा

सुकुम्वासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु

भक्तपुर– सुकुम्वासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज