बैतडीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान « Khabarhub

बैतडीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । सिगास गाउँपालिका–६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा डेङ्गु सङ्क्रमण देखिएको यो पहिलो घटना हो ।

ज्वरो आएपछि शिवलिङ्ग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी ती महिलाको रगत परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो। ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिन्छ ।

आफ्नो वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी भरेका ड्रम बेलाबेलामा सफा गर्न ध्यान दिन प्रमुख भट्टले आग्रह गरे ।

डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, शरीरमा बिमिरा आउनेलगायत लक्षण देखन्छन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सन् २०२३ को हालसम्म तीन सय २५ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।

डेङ्गु संक्रमण देखिन थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि आजदेखि ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको छ ।

डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि सदरमुकाम गढी, गोठलापानी, शाहिलेक क्षेत्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नागरिक समाज तथा स्थानीयवासी खटिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ११ : ४५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००