अर्थतन्त्र उकास्न सबै दल एक हुनुपर्छ : कांग्रेस नेता भण्डारी « Khabarhub

अर्थतन्त्र उकास्न सबै दल एक हुनुपर्छ : कांग्रेस नेता भण्डारी


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद शंकर भण्डारीले देशको वर्तमान अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन राजनीतिक दलहरूको साझा प्रयास आवश्यक भएको बताएका छन् । 

आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उनले भने, ‘देशको अर्थतन्त्र नाजुक अवस्थामा छ, कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको छ, ठेकेदारलाई  ८० अर्ब दिन बाँकी छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर देशको अर्थतन्त्र सुधार गर्नुपर्छ ।’

देश बनाउने कुरामा पार्टी संविधान संशोधन गरेर भए पनि एक हुनुपर्ने भनाइ उनको छ । राजनीतिक दलका नेता आफ्नो पार्टीको मूल बाटो छाडेर निजी स्वार्थ र भ्रष्टाचारमा लाग्दा जनताको आकर्षण राजनीतिप्रति शून्य प्रायः नै भएकाले अब राजनीतिक दल नयाँ ढङ्गबाट अगाडि बढ्नुको विकल्प नरहेको भनाइ उनको थियो ।

‘देश बचाउने कुरामा पार्टीहरू संविधान संशोधन गरेर भए पनि एक हुनैपर्छ’, उनले भने, ‘राष्ट्रिय स्वाधीनताप्रति दलहरू विचलित हुनुहुँदैन ।’ समाजवाद उन्मुख अर्थनीति अँगालेका नेपालका नेता आफ्नो स्वार्थपूर्तिमा मात्र लागेपछि नेपाली जनताले कसरी विकास र समृद्धिको आशा गर्ने रु उनको प्रश्न थियो । राजनीतिक संकटका बेला दलहरूकै नेताबाट आपराधिक क्रियाकलाप र भ्रष्टाचारका घटना बाहिर आउँदा जनतामा झनै बढी राजनीतिक वितृष्णा जागेको उनले बताए ।  

नयाँ गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि कुनै शक्ति केन्द्रबाट चलेको छ भन्ने कुरा केही समयपछि जनताले नै स्पष्ट रुपमा थाहा पाउने भनाइ उनको छ ।
नेपाललाई धर्म निरपेक्षता राष्ट्र घोषणा गर्दादेखि नै नेपाल कमजोर भएको र देशप्रतिको स्वाधीनता हराउँदै गएको जिकिर गर्दै उनले संविधान संशोधन गरेर भए पनि देशलाई सनातन वैदिक हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ४ : ०८ बजे

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज