डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का रहने « Khabarhub

डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का रहने


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने भएको छ । सिडीएससीले डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो शेयर रोक्का राख्ने जनाएको हो ।

लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्न थालेपछि सिडीएससीले यस्तो निर्णय गरेको हो । आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने र मेरो शेयरमात्र नवीकरण गर्ने प्रवृत्ति बढेपछि त्यसलाई न्यूनीकरण गर्न डिम्याट खाता नवीकरण नगरे सम्म मेरो शेयर पनि रोक्का राख्ने भएको हो ।

डिम्याट खाता नवीकरण गर्दा वार्षिक रुपमा १०० तिर्नुपर्छ भने मेरो शेयर नवीकरण गर्दा ५० तिर्नुपर्ने व्यवस्था रहेको छ । लगानीकर्ताले डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअघि निक्षेप सदस्य डीपी लाई बुझाउने व्यवस्था रहेको छ ।

यसको विपरित शुल्क नतिर्ने लगानीकर्ताको डिम्याट खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : २४ बजे

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म

बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते

ढोरपाटन– बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्