माओवादी बैठक : १८ जनाले राखे धारणा | Khabarhub Khabarhub

माओवादी बैठक : १८ जनाले राखे धारणा


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्।

प्रज्ञाभवन कमलादीमा सुरु बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीलाई जीवन्तता दिन संगठन सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए।

केही सदस्यले नेतृत्व चयनमा भएको एकाधिकारका विषयमा पनि प्रश्न उठाएको एक नेताले बताएका छन्। आठौं महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहालले आफूखुशी पदाधिकारी चयन गरेकोमा सदस्यले असन्तुष्टि जनाएका छन्। 

उनीहरूले पार्टीलाई सही ढंगले चलाउने हो भने सबैले नेतृत्वले चुनावको सामना गर्न तयार हुनुपर्ने सुझाव दिएका थिए। सदस्यहरूले निर्धक्क र निर्भयका साथ आफ्ना धारणा राख्न सहज हुने भएकाले पनि बैठक लाइभ नगरिएको माओवादीको भनाई छ ।

यसअघि अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमा जनतासँग जोडिन तीन महिने अभियान सञ्चालन गर्ने, आगामी मङ्सिरमा पार्टीको विधान सम्मेलन गर्ने लगायत प्रस्ताव गरिएको छ । माओवादीको बैठक आगामी ५ दिनसम्म चल्ने बताइएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : २९ बजे

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन