पोखरा महानगरको फोहर दमकल शाखा परिसर पुरियो « Khabarhub

पोखरा महानगरको फोहर दमकल शाखा परिसर पुरियो


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

पोखरा- स्थानीयवासीको अवरोधसँगै एक सातायता पोखराको फोहर व्यवस्थापन गर्न नसकिएपछि यहाँको दमकल शाखा परिसरमै पुरिएको छ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिल साइटमा फोहर पुर्याउन नसकिएपछि दमकल शाखा परिसरमै पुरिएको हो ।

फोहर नउठेका कारण बजार क्षेत्र दुर्गन्धित बन्दै जान थालेपछि उक्त फोहर उठाएर महानगरपालिकाको दमकल शाखामा ल्याइएको थियो । बजारमा रहेको फोहरको तत्कालीन व्यवस्थापनका लागि दमकल शाखामा ल्याइएकामध्ये १५ ट्रक फोहर त्यहीँ परिसरमा खाल्डो खनेर गाडिएको सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।

फोहर व्यवस्थापन सम्बन्धमा स्थानीयवासीसँग छलफल भइरहेको र समस्या समाधान भएसँगै त्यो फोहर पुनः ल्यान्डफिल साइटमा नै लगिने उनले बताइन् । पोखराका मुख्य बजार क्षेत्र न्युरोड, नयाँबजार, पृथ्वीचोकलगायत स्थानका फोहर उठाएर गाडीमा राखी दमकल शाखा परिसरमा लगिएको जानकारी दिँदै उनले फोहर लैजाने व्यवस्था भइनसकेका अवस्थासम्म घरघरमा नै त्यसलाई राख्नका लागि महानगरले सार्वजनिक सूचना गरेको बताइन् ।

पोखरा बजार क्षेत्रमा दैनिक करिब ८० ट्रक फोहर उठ्ने गरेको बरालले जानकारी दिइन् । महानगरपालिकाले विगत छ महिनायता वडा नं ३२ लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तयार गरी फोहर व्यवस्थापन गरिँदै आइएको छ । यसअघि वडा नं १४ स्थित बाच्छेबुडुवामा फोहर फलिँदै आइएकोमा नयाँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन थालेसँगै अस्थायी ल्यान्डफिल साइट तयार गरिएको हो ।

अस्थायी ल्यान्डफिल साइटका लागि लामेआहालका स्थानीयवासीसँग महानगरपालिकाले १६ बुँदे सहमति गरेकोमा त्यसलाई लागू नगरेको र छ महिनापछि अन्यत्र व्यवस्थापन गर्ने भनिए पनि त्यो नभएको भन्दै स्थानीयवासीले फोहर फाल्न रोक लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : ३० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि